News
प्रथम मरिण गोल्डकपको खेलतालिका सार्वजनिक

मरिण । मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा हुन गईरहेको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
यही माघ २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लब, सर्लाही र कटारी टाईगर फुटबल क्लब, उदयपुर भिड्ने छन् । कुल ९ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने माघ २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
Post Comments