News तेस्रो बखान च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
गोलनेपाल

भरतपुर । “एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराका साथ शुरु हुन गईरहेको तेस्रो बखान च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ ।

भरतपुर–१९, चितवन स्थित बखान मिनी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २२ गतेका दिन मेट्रो पुलिस भरतपुर र शारदा युथ क्लब भिड्ने छन् । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १ गतेका दिन हुनेछ ।

सेन्ट्रल कलेज अफ एजुकेशनल ट्रेनिङ्ग प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments