News उपाधिसँगै अनुको सन्यास
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान तथा फरवार्ड अनु लामाले सक्रिय फुटबलमा सन्यास लिएकी छिन् । ३७ वर्षिया अनुले बुधबार एपिएफलाई एन्फा महिला लिगको उपाधि जिताएपछि सक्रिय फुटबलमा सन्यासको घोषणा गरेकी हुन् ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा एपिएफले पुलिस क्लबमाथि ४–० को जित निकाल्दा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अनुले एक गोल गर्न भने सफल भएकी थिईन् । अन्य गोलहरु भने सबिता रानाले दुई तथा सरु लिम्बुले एक गोल गरेकी थिईन् ।

सन् २०१० मा अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि डेब्यु गरेकी अनुले राष्ट्रिय टोलीका लागि ३५ अन्तर्राष्ट्रिय गोल समेत गरेकी छिन् । अन्तर्राष्ट्रिय फुटबलबाट भने अनुले केही वर्ष अघि नै सन्यास लिएकी थिईन् ।

Post Comments