News
मलेसियाः सातौं हिमालयन गोल्डकपमा नेपाल कै चार महिला रेफ्रीहरुले खेलाउने

काठमाडौं । हिमालयन फुटबल क्लब, मलेसियाको आयोजनामा जनवरी २९ तारीखदेखि शुरु हुन गईरहेको सातौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगितामा नेपाल कै रेफ्रीहरुले खेलाउने भएका छन् ।
मलेसियन शहर सेलंगोर स्थित पानासोनिक स्पोर्टस कम्प्लेक्समा हुने प्रतियोगितामा निर्णायकको भूमिका नेपाली फुटबलमा आफूलाई परिचित बनाईसकेका चार महिला रेफ्रीहरु लक्ष्मी श्रेष्ठ, माया लामा, राधिका शाक्य र सरस्वती लो ले निर्णायकको भूमिका निर्वाह गर्ने आयोजकले जानकारी दियो ।
स्मरण रहोस, मलेसियामा प्रवासी नेपालीहरुबीच हुने अहिलेसम्म कै सर्वाधिक धनराशी रहेको सातौं हिमालयन गोल्डकपको विजेताले उपाधिसहित नगद ४० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले २० हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १६ टोलीहरु सहभागि छन् ।
खेलतालिका पनि हेर्नुहोसः
Post Comments