News मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
गोलनेपाल

मरिण । यहाँ सम्पन्न पाँचौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड ४ ले उपाधि जित्न सफल भएका छन् ।

पुरुषतर्फको फाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ६ लाई १–० ले हराउँदै उपाधि माथि कब्जा जमायो । वार्ड नम्बर ३ का लागि सुन्दर बोम्जनले एक मात्र गोल गरे ।

मरिण गाउँपालिका खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा सम्पन्न महिलातर्फको फाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर २ लाई टाईब्रेकरमा २–१ ले हराउँदै विजेता बन्न सफल भयो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान, उपाध्यक्ष बिमला माझी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments