News
कठिन जित निकाल्दै पुलिस क्वालिफायर टु मा प्रवेश

काठमाडौं । संघर्षपुर्ण जित निकाल्दे विभागीय टोली नेपाल पुलिस क्लब जारी एन्फा महिला लिगको क्वालिफायर टु मा प्रवेश गर्न सफल भएको छ ।
शुक्रबार भएको इलिमिनेटर म्याचतर्फ पुलिसले बागमति युवा क्लब माथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै क्वालिफायर टु मा स्थान बनाएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अन्तिमतिर अमृता जैशीले गरेको एक मात्र गोल पुलिसको जितमा निर्णायक गोल बन्यो ।
पुलिसले अब माघ १२ गते हुने क्वालिफायर वानतर्फ एपिएफ र आर्मी बीचको खेलमा पराजित हुने टोलीसँग माघ १४ गतेका दिन क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त