
फिदिम । पॉचथरको फिदिममा सुरू भएको दोस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपमा आयोजक र बौद्ध भेट्रान्स रानिटारले विजयी सुरूवात गरेका छन ।
फिदिम मा.वि.को खेल मैदानमा बुधबार सम्पन्न पहिलो क्वाटर फाईनलमा युनाईटेड फ्रेन्डस क्लब दार्जिलिङलाई पेनाल्टि सुटआउटमा ३-१ गोलले पराजित गर्दै आयोजक फिदिम भेट्रान्स क्लब सेमिफाइनल पुगेको हो ।
निर्धारीत समयमा दुबै टिमबाट एक एकको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो ।
त्यस्तै बुधबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा सडन डेथमा ८-७ गोलले आठराई गाउँपालिका तेह्रथुम भेट्रान्सलाई पराजित गर्दै बौद्ध भेट्रान्स रानिटार पॉचथर प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि पॉच पॉचको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको हो ।
आठ टिम सहभागि रहेको प्रतियोगिताको तेस्रो र चौथो क्वाटर फाइनल खेलहरू माघ १० गते बिहीबार हुने आयोजकले जनाएको छ ।
बिहीबार हुने तेस्रो क्वाटरफाइनलमा दुधे भेट्रान्स झापा र स्काइ क्लब झापा भिड्नेछन भने चौथो क्वाटरफाइनलमा रेड स्टार बिर्तामोड र गोरख भेट्रान्स इलाम बिच प्रतिस्पर्धा हुनेछ ।
माघ ९ गते देखि फिदिम भेट्रान्स क्लबको आयोजनामा सुरू भएको गोल्डकप माघ १२ गते सम्म सन्चालनमा रहनेछ । विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।