News पारिजात र अमर मावि तेस्रो पीएफसी इमर्जिङ कपको सेमिफाइनलमा
गोलनेपाल

भरतपुर । पारिजात इंग्लिश बोर्डिङ स्कूल र अमर माध्यामिक विद्यालय तेस्रो पिएफसी इमर्जिङ कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाएनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनल खेलतर्फ पारिजातले आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई ३–० हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । पारिजातको जितमा एन्जल ढकालले दुई गोल गर्दा विष्णु अधिकारीले एक गोल गरे । खेलको म्यान अफ द म्याच पारिजात कै एन्जल ढकाल घोषित भए ।

सुन्दर बस्ती खेलमैदानमा भएको अर्को क्वाटरफाइनलतर्फ अमर माविले नारायणी पब्लिक स्कुललाई २–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । अमर माविका लागि समिर मियाँ र पुकार महतोले गोल गरे । खेलको म्यान अफ द म्याच अमर माविका समिर मियाँ चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते बुधबारको पहिलो खेल दिउँसो १ बजे अरूणोदय माध्यामिक विद्यालय र नारयाणी नमुना माध्यामिक विद्यालय विच हुनेछ भने दोस्रो खेल ३ बजे स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिक विद्यालय विच दोस्रो खेल हुनेछ ।

पटिहानी फुटबल क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको उपाधिसहित नगद १० हजार र ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दियो । फाइनल खेल माघ १२ गतेका दिन हुनेछ ।

Post Comments