News
दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कपको खेलतालिका सार्वजनिक

इटहरी । द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा यही माघ १७ गतेदेखि शुरु हुन गईरहेको दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ १७ गतेका दिन न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरी र दमक एकेडेमी फुटबल क्लब, दमक, झापा भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २४ गतेका दिन हुनेछ ।
Post Comments