News
महिला लिगमा एपिएफको लगातार सातौं जित
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा शतप्रतिशत जितका साथ अपराजित रहेको साविक विजेता एपिएफ फुटबल क्लबले सोमबार लगातार सातौं जित दर्ता गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र अनिता केसीले गोल गरिन् ।
यो जितपछि ७ खेलबाट २१ अंक जोडेको एपिएफ शिर्ष स्थानमा यथावत छ । पराजित पुलिस भने ८ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । १६ अंकका साथ आर्मी दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको बागमती युवा क्लब चौथो स्थानमा छ । अंकविहीन वालिङ नगरपालिका भने पुछारमा रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश