मकवानपुरगढी । आभाष एफसीद्वारा आयोजित सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधी थर्ड आई एजुकेशनले जितेको छ । फाइनलमा थर्डआइले आयोजक टिम आभाष एफसी (बी) लाई ३–० ले पराजित गरेर उपाधि जितेको हो ।
बिजेता बनेको थर्ड आईले उपाधि सहित ५११११ रुपैया हात पार्यो भने उपबिजेता बनेको आभाष (बी) ले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी आभाषका सुमन मगर भए उनले नगद पाँच हजारसहित फुटसल बुट प्राप्त गरे । यसैगरि सर्बाधिक गोलकर्ता थर्डआईका लाक्पा तामाङले नगद तीन हजार प्राप्त गरे भने उत्कृष्ट गोलरक्षक पनि थर्ड आइकै बिजय गुरुङ भए । उनले नगद तीन हजार सहित गोलकिपिङ ग्लोव्स प्राप्त गरे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रमुख अतिथि मकवानपुर उधोग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितिका सदस्य बिक्रम योन्जन, आयोजक आभाष एफसीका अध्यक्ष राजन गौतम लगायतले पुरस्कृत गरेका थिए ।
मकवानपुरगढी गाउँपालिकाको मक्रान्चुली फुटसल मैदानमा भएको दुई दिने फुटसल प्रतियोगितामा कुल २४ टिमहरुको सहभागिता रहेको आयोजकले जानकारी दियो ।
- मनहरी ७ लाई दोश्रो वडा अध्यक्ष भिमान स्मृति कपको उपाधि
- सातौं बागमती गोल्डकप फागुन पहिलो सातादेखि
- मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष लुङवासहित ६ जनाको बागमती प्रदेश खेलकुद बिकास परिषदमा नियुक्ती
- पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंलाई बागमती प्रदेश लिगको उपाधि
- बागमती प्रदेश लिगः काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसी फाइनलमा, उपाधिका लागि दोलखाको टाईगरसँग भिड्ने