
पोखरा । पर्यटकीय शहर पोखरामा शुरु भएको सोनी भेट्रान्स कप सिक्स ए साईड फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोलीहरुको टुंगो लागेको छ ।
पोखरा–१३ स्थित खेलकुञ्ज एरिनामा जारी प्रतियोगितामा भाईब्रेन्ट एफसी, लेकसाईड एफसी, एपिएफ र एलजी (बी) ले अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।
क्वाटरफाइनलतर्फ भाईब्रेन्टले मोबाईल स्टेशन एफसीलाई ६–१ ले हरायो । लेकसाईडले एलजी (ए) ले १–० ले पराजित गर्दा एपिएफले टेन टु इलेभन (बी) लाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । त्यस्तै एलजी (बी) ले टेन टु इलेभन (ए) लाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन पोखरा–१३ का वार्ड अध्यक्ष किरन बरालले गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड