News पौवादुङमा गोल्डकपः कोट कालिका सेमिफाइनलमा, अल स्टारलाई पनि सफलता
गोलनेपाल

च्याङग्रे । कोट कालिका फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पौवादुङमा रंगशालामा भएको खेलमा कोट कालिकाले आम्तेक–११ लाई ५– ० ले हरायो । कोट कालिकाको जितमा अमित बेसरले ह्याट्रिक गर्दा कमल खवास र रिचार्ड विलसनले थप एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका अमित बेसर म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा अल स्टारले दउराली एफसीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । अल स्टारका लागि एन्चो लिम्बुले दुई गोल गरे भने निर्मल भुजेल र उत्कर्ष कुँवरले थप एक–एक गोल गरे । देउरालीका लागि भने राकेश राईले एक मात्र गोल फर्काए । खेलमा दुई गोल गरेका एन्चो लिम्बु म्यान अफ द म्याच घोषित भए ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

 

 

Post Comments