News दशौं ओसन कप राष्ट्रिय यु–१३ प्रतियोगिताको टिमदर्ता खुला
गोलनेपाल

दलभञ्ज्याङ । गोरखा जिल्लालाई कर्मथलो बनाएर मोफसलको फुटबलमा सक्रिय रहेको द ओसन क्लब, गोरखाको आयोजनामा हुने १०औं यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ ।

प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता कार्य पनि शुरु गरिएको आयोजक क्लबले जनाएको छ । टिमदर्ताका लागि यही माघ २० गतेसम्म अन्तिम मिति तोकिएको छ । प्रतियोगितामा देशैभरिका क्लब,एकेडेमी र विद्यालयका गरी कुल ८ टोलीहरुलाई छनौट गरी सहभागिता गराइनेछ ।

आयोजक ओसन क्लब कै प्रशिक्षण मैदानमा हुने प्रतियोगिता भने आउँदो चैत्र २७ गतेदेखि शुरु हुनेछ । द ओसन क्लबले राष्ट्रियस्तर मै ग्रासरुट फुटबल विकासलाई आफ्नो मुख्य योजना बनाएर विगत एक दशकदेखि वार्षिक रुपमा प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

Post Comments