News श्रीलंकाको राष्ट्रिय टोलीमा थपिए जर्मनीका जेरेमी
गोलनेपाल

काठमाडौं । आउँदै गरेको एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको श्रीलंकाले आफ्नो राष्ट्रिय स्क्वाडलाई बलियो बनाउन एकपछि अर्को श्रीलंकन मूलका युरोपियन खेलाडीहरुलाई आवद्ध गरिरहेको छ ।

अहिले यही सूचीमा मिडफिल्डर मिडफिल्डर जेरेमी परेरामा पनि थपिएका छन् । हाल जर्मनको लिग फुटबल खेलिरहेका जेरेमीलाई श्रीलंका एफएका अध्यक्ष जसवर उमरले श्रीलंकाको राष्ट्रिय जर्सी हस्तान्तरण गर्दै स्वागत गरे ।

त्यसो त श्रीलंकाले यसअघि नेदरल्याण्डसका रेमियान मुथुकुमारु, इङल्याण्डका ग्यारेट केली र अष्ट्रेलियाका विलियम थोमासनलाई पनि आफ्नो स्क्वाडमा यसअघि नै सामेल गरिसकेको छ ।

स्मरण रहोस, एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ समूह डी मा रहेको श्रीलंकाले बलियो थाइल्याण्डसँगै तुर्कमेनिस्तान र चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ ।

Photo: Football Srilanka

Post Comments