News तेह्रथुमको आठराईमा पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिता शुरू
गोलनेपाल

तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिता शुरू भएको छ ।

माघ १ गते मंगलबार आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले प्रतियोगिताको औपचारिक उदघाटन गर्नुभयो ।

इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालनमा रहनेछ ।

प्रतियोगितात्मक खेलहरू माघ २ गते देखि हुनेछन् । विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।

Post Comments