News दॉगपा माघेनी मेला : दोस्रो दिन आईतबार पहिलो चरणका ६ खेल सम्पन्न
गोलनेपाल

लालिगुराँस । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि शुरू भएको माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार ६ खेल सम्पन्न भएका छन ।

पुरूष तरिफ पहिलो खेलमा किरात माङहिमले केबुहाङ एफसीलाई पेनाल्टी सुट आउटमा पराजित गर्यो । दोस्रो,तेस्रो,चौथो र पॉचौ खेलमा क्रमश आयोजक बी,गणेश कालिका र रियल लसिने विजयी भए ।

प्रतियोगिताको दोस्रो दिन महिलातर्फ एक खेल सम्पन्न भयो । जसमा लुङमाहिम एफ सि लाई ७:० ले हराउदै आयोजक बि सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।

Post Comments