News
महिला लिगः वालिङको पोष्टमा आर्मीको दर्जन गोल

काठमाडौं । एन्फा महिला लिग फाइनल राउण्डको खेल जारी रहँदा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार लिग कै फराकिलो अन्तरको जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फराकिलो जित दर्ता गर्ने क्रममा वालिङ नगरपालिकालाई १२–० को एकतर्फी अन्तरले हरायो । आर्मीको जितमा बिमला चौधरीले चार गोल गरिन् भने चन्द्रा भण्डारीले पनि तीन गोल गर्दै ह्याट्रिक पूरा गरीन् ।
त्यस्तै सपना लामा र अञ्जना राईले समान दूई–दुई गोल गर्दा थप एक गोल बिमला बिकले गरीन् । यो जितपछि आर्मीको ३ खेलबाट ७ अंक भएको छ । पराजित वालिङ भने अझै अंकविहीन छ ।
Post Comments
Related News
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण