
हेटौडा । दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताकोको उपाधी काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसीले जितेको छ । शनिबार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठामडौं प्रतियोगिताको च्याम्पियन बनेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसीले दोलखाको टाईगर टिम, तिखाताललाई ३–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
काठमाडौंको जितमा सुजित बुढाथोकीले दुई गोल गरे भने थप एक गोल आयुष कुँवरले गरे । काठमाडौंका दुई गोलकर्ता सुजित बुढाथोकी फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
विजेता बनेको काठमाडौंले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता दोलखाले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ चुनिए । उत्कृष्ट डिफेन्डर पनि काठमाडौं कै जनक कोइराला बन्दा उत्कृष्ट मिडफिल्डर काठमाडौंका विज्ञान खड्का बने ।
उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी चुनिदा उत्कृष्ट प्रशिक्षक काठमाडौंका रुपेश क्षेत्री बने । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार भने काठमाडौंका सुजित बुढाथोकीले हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कृत गरेका थिए ।
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण