काठमाडौं । प्रवासी नेपालीहरुद्वारा स्थापित कलेक्सन फुटबल क्लब (सिएफसी), दोहार, कतारको आयोजनामा जारी तेस्रो सिएफसी कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
प्रतियोगिताको क्वाटरफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै आयोजक सिएफसी (रातो), रस्लाफन एफसी, एबिएफसी र पेट्रो एफसी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।
पहिलो क्वाटरफाइनल सिएफसी (रातो) ले एनआरएनए एफसीलाई सडन देथमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै रस्लाफन एफसीले आयोजक सिएफसी (निलो) को चुनौति समाप्त पार्दै अन्तिम चारमा प्रवेश गर्यो ।
तेस्रो क्वाटरफाइनलमा एबिएफसीले स्टार एफसीलाई हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्दा अन्तिम क्वाटरफाइनलमा पेट्रो एफसीले बरवा एफसीलाई हराएर अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।
अब आउने जनवरी ३ तारीख शुक्रबारका दिन हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा सिएफसी (रातो) ले एबिएफसीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा रस्लाफन एफसीले पेट्रो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,६६६ कतारी रियाल हात पार्नेछ भने उपविजेताले ४,४४४ कतारी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक डेनियल लिम्बुले जानकारी दिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने