News दोस्रो पौवादुङमा गोल्डकप माघ पहिलो सातादेखि
गोलनेपाल

च्याङ्ग्रे । पौवादुङमा गाउँपालिका खेलकुद विकास समिति, च्याङ्ग्रे, भोजपुरको आयोजनामा माघ १ गतेदेखि दोस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

नाईन ए साईडका रुपमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुलाई यही पुष २० गतेसम्म टिमदर्ता खुला समेत गरिएको छ । त्यस्तै पुष २१ गते खेलतालिका प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।

पौवादुङमा गाउँपालिका, भोजपुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले ज ानकारी दियो ।

Post Comments