News
अग्रता जोगाउन नसक्दा रोकियो नेपाल

काठमाडौं । शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु-१९ महिला फुटबल टोलीले भुटानको यु-१९ महिला फुटबल टोलीसँग बराबरी खेल्न बाध्य बनेको छ ।
आइतबार सम्पन्न भुटानसँगको दोस्रो मैत्रीपूर्ण खेलतर्फ नेपालले १-१ गोलको बराबरी खेलेको । दशरथ रंगशालामा दोस्रो हाफको शुरुवात तिरै सुशिला केसीले नेपालका लागि गरेकी थिईन ।
तर, नेपालले त्यो अग्रता जोगाउन सकेन । खेलको अन्तिमतिर ८०औं मिनेटमा भुटानका लागि फुङ्शो छोदेनेले गोल गर्दै टोलीको हार टार्नुका साथै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन ।
स्मरण रहोस, यसअघि नेपालको यु-१६ र भुटानको यु-१६ महिला फुटबल टोलीबीचको पहिलो खेलमा नेपालले भुटानसँग १-५ को फराकिलो हार बेहोरेको थियो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- बंगलादेश एएफसी महिला एसियन कपका लागि छनौट
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक