
बुटवल । मन्डे एफसी, बुटवलको आयोजनामा हुन गईरहेको स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे एफसी कप खुला फुटबसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगितामा रुपन्देही, काठमाडौं, नवलपुर र नवलपरासीका गरी कुल २० टोलीहरुले सहभागिता जनाएको खेल संयोजक सुरज थापाले जानकारी दिए ।
शिव श्रीराम गुल्मेली सुनचाँदी पसल, बुटवलद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रबि विश्वकर्माले बताए । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष विश्वकर्माले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको खेल संयोजक सुरज थापाले बताए । साथै प्रतियोगिता आयोजनाबाट बचत भएको केही रकम हाल अशक्त रहेका रुपन्देह िकै पुराना फुटबल खेलाडी बिक्रम सेन ठकुरीलाई खर्च गरिने पनि संयोजक थापाले बताए ।
खेलतालिका पनि हेर्नुहोस् ।