News
नेवरहुड इङलिस हाई स्कुललाई उपाधि

काठमाडौं । फराकिलो जितका साथ पिक प्वाइन्ट एल्मुनाई दोस्रो खुल्ला अन्तरविद्यालय फुट्सल प्रतियोगिताको उपाधि नेवरहुड इङलिस हाई स्कुलले जितेको छ ।
फाइनल खेलमा नेवरहुड इंग्लिस हाई स्कुलले विनायक इङलिस हाई स्कुललाई ८–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसैगरि सङग्रीला पब्लिक स्कूल तेस्रो र यु सि पि एस स्कूल चौथो स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा नेभरहुडका सुशान्त थापामगर उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकमा सोही विद्यालयका प्रकाश तामाङ चुनिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई ट्रफि र बिजेता र उपबिजेता टिमहरूलाई क्रमशः ट्रफि, मेडल र नगद पुरस्कार ३००००र( र २०,०००र( सहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगिता समापन समारोह आल्मुनाईका अध्यक्ष सुमिर श्रेष्ठ, बुनपा-१३ का वडा अध्यक्ष टिकानारायण श्रेष्ठ, पिक प्वाइन्ट एडुकेशन नेटवर्कका सह-प्रधानाध्यापक महेश के.सी. लागायत विषेश अतिथी नेपाल पुलिस क्लबका महिलातर्फका प्रमुख प्रशिक्षक रविन श्रेष्ठ, यु-१८, नेपालका युथ १७ टिमका मेनेजर विजेन्द्र पुडासैनी, भि.एस.कलेजका व्यवस्थापक विष्णु पराजुली र बुनपा-१३का वडा सदस्य रिना श्रेष्ठ समेतको उपस्थिती रहेको प्रतियोगीताका संयोजक संकल्प श्रेष्ठ 'राजेश' ले बताए ।
Post Comments