News रियल स्टारलाई वडा अध्यक्ष कप युथ १५ फुटबल प्रतियोगिताको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । पिप्ले युवा क्लब, हेटौडाद्वारा आयोजित वडा अध्यक्ष कप युथ १५ फुटबल प्रतियोगिताको उपाधि रियल स्टार क्लब हेटौडाले जितेको छ ।

आइतबार सम्पन्न फाईनल खेलमा रियल स्टारले गैरीबारी फुटबल एकेडेमीलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै उपाधि जितेको हो । पिप्ले क्याम्पा रंगशालामा भयको फाइनल खेलमा रियल स्टारका मिलन ब्लोनले गरेको गोल नै निर्णायक बनेको हो ।

निर्णायक गोल गरेका मिलन खेलको म्यान अफ द म्याच समेत भए । बिजेता बनेको रियल स्टारले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपबिजेता बनेको गैरीबारी फुटबाल एकेडेमी चितवनले २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
 
त्यसैगरी बिधागत पुरस्कारमा पनि रियल स्टारको नै बश्चर्व रहयो । उत्कृष्ट गोलरक्षक रियल स्टारका धिरज मुक्तान, उत्कृष्ट फरवार्ड मिलन ब्लोन उत्कृष्ट प्रशिक्षक दिनेश चाैलागाई र प्रतियोगिताको उत्कृष्ट खेलाडी रियल स्टारकै सन्दिप गोले बन्दा गैरीबारी फुटबल एकेडेमीका उत्कृष्ट डिफेन्डर र मिडफिल्डर निसान गुरुङ र सुरज गुरुङ बने । बिधागत उत्कृष्ट बनेका खेलाडीले नगद तिनहजार पाच सय सहित पुरस्कृत भए । यसैगरी सर्बाैत्कृष्ट खेलाडीले नगद पाँच हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
 
Post Comments