तेल्लोक । ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा जारी चौथो सिरिजङगा गोल्डकपको अन्तिम क्वाटरफाइलमा सिरिजङगा स्पोटिङ क्लब मोरङलाई एकका विरूद्ध छ गोलको सानदार जित निकाल्दै वाइवाइ फुटबल क्लब पॉचथर प्रतियोगिताको सेमिफाइनल पुगेको छ।
तेल्लोक मा.वि.को खेल मैदानमा बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा पॉचथरको जितका लागि सन्तोष सम्बाहाम्फेले ह्याट्रिक गरे भने ताङसाङ लिम्बु,सेमसिङ लावती र सोम लावतीले एक एक गोल गरे । मोरङको तर्फबाट निशान लिम्बुले सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच पॉचथर फुटबल क्लबका ह्याट्रिक कर्ता सन्तोष सम्बाहाम्फे घोषित भए । सम्बाहाम्फेले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।
ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको बिहीबार पहिलो सेमिफाइनलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी सुनसरी भिड्नेछन ।
आठ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेताले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्ने तेल्लोक स्पोर्टिङक्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। फाइनल खेल यही मंसिर २९ गतेका दिन हुनेछ ।
- चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा