News गोधुली दोस्रो चासोक तङ्नाम कञ्चनजंघा सेसेलुङ गोल्डकपको फाइनलमा
गोलनेपाल

फुङलिङ । गोधुली फुटबल क्लब, धरान, सुनसरी जारी दोस्रो चासोक तङ्नाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिक्ष् आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा गोधुलीले सम्दु फुटबल क्लब, तेह्रथुमलाई टाईब्रेकमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ गोधुलीका लागि संजय श्रेष्ठले दुई गोल गरे भने मनोज राई र कार्लोसले १–१ गोल गरे । उता सम्दुका लागि भने ओशन राईले दुई गोल गर्दा सन्दिप लिम्बु र पुजन चौधरीले १–१ गोल गरेका थिए । टाईब्रेकरमा भने गोधुलीले सम्दुमाथि ४–२ को जित निकाल्दै फाइनल यात्रा पक्का गर्यो ।

खेलमा गोधुलीका संजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल रेड डेभिल्स मजोमाई, इलाम र न्यु स्टार क्लब, बिर्तामोड, झापाबीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments