सुन्दरहरैचा । यहाँ सम्पन्न स्व. दिपेश स्मृति चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आरएफसी धरानले उचालेको छ ।
शनिबार सम्पन्न फाइनलमा आरएफसीले इन्ट्रान पथरी–११ फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । आरएफसीको जितमा दुवै गोल मिलन लिम्बुले गरे ।
विजेता बनेको आरएफसीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता पथरीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । आरएफसीका बिकु राई फाइनल खेलको म्यान अफ दि म्याच बने ।
अन्य विधागतर्फ उत्कृष्ट गोलरक्षक आरएफसीका पूर्ण चेम्जोङ बन्दा उत्कृष्ट डिफेन्डरी पथरीका मिन धिमाल चुनिए । उत्कृष्ट मिडफिल्डर पनि पथरी कै सञ्जय लिम्बु बन्दा उत्कृष्ट फरवार्ड आरएफसीका तपन कार्की बने ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार आरएफसीका मिलन लिम्बुले हात पार्दा उदीयमान खेलाडी आयोजक क्लबका यायाहाङ लिम्बु चुनिए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने दोर्जे तामाङ घोषित भए ।
खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा मंसिर ८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा