News
इन्ट्रा पथरी–११ फाइनलमा, उपाधिका लागि आरएफसी धरानसँग भिड्ने
सुन्दरहरैचा । इन्ट्रा पथरी–११ फुटबल क्लब, मोरङ यहाँ जारी स्व. दिपेश गुरुङ्ग स्मृति चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ पथरीले कार्की ब्रदर्श, तेह्रथुमलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पथरीको जितमा सुसन गुरुङ र सुवास तामाङले गोल गरे ।
पथरीका गोलकर्ता सुवास तामाङ खेलको म्यान अफ दि म्याच समेत घोषित भए । पथरीले अब मंसिर १५ गते शनिबार हुने फाइनलमा आरएफसी धरानसँग उपाधिका लागि भिड्नेछ ।
खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय