News
स्व. दिपेश स्मृति चौथो सुकुना च्यालेञ्ज कप आजदेखि (खेलतालिकासहित)
सुन्दरहरैचा । खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने, मोरङको आयोजनामा आजदेखि स्व. दिपेश स्मृति चौथो सुकुना च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
सुन्दरहरैचा–१०, मोरङ स्थित सुकुना खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आरएफसी, धरान र घरेलु टोली सुकुना फुटबल क्लब, मोरङ भिड्दैछन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय