News
ध्रुवतारा कपः दमक ३ फाइनलमा, उपाधिका लागि दमक ४ सँग भिड्ने
दमक । सहज जितका साथ दमक ३ यहाँ जारी ध्रवतारा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ दमक ३ ले बिआरसी बेलडाङ्गीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
खेलमा दमक ३ का निश्चल बस्नेत म्यान अफ दि म्याच चुनिए । दमक ३ ले अब मंसिर ५ गते हुने फाइनलमा दमक ४ सँग उपाधिका लागि भिड्नेछ ।
ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक