News
सिनियर टिममा निराजनको डेब्यु

काठमाडौं । गत भदौमा नेपाल मै सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनलसम्म पुर्याएका उदियमान फरवार्ड निराजन धामीले अन्तर्राष्ट्रिय फुटबलमा सिनियर टिमका लागि डेब्यु गरेका छन् ।
बुधबार दुशान्बेमा सम्पन्न ताजिकिस्तान विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा निराजनले नेपालको सिनियर टिमका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । खेलको ७४औं मिनटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै निराजनले सिनियर टिममा डेब्यु गरे ।
यद्यपि उनको त्यो डेब्यु खेल सुखद भने बन्न सकेन । सो खेलमा नेपालले तुलनात्मक रुपमा बलियो देखिएको घरेलु टोली ताजिकिस्तानसँग ४–० को हार बेहोर्न पुगेको थियो ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त