पाँचथर । फाल्गुनन्द २ स्थित इम्बुङमा कात्तिक २७ गतेदेखि हुने पुरुष फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ ।
ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा टिवाईसी नवमी डाँडाले नाम्तोक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
टु स्टार ग्रामीण सिर्जनशील क्लब इम्बुङले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी छन् । जसमा नेम्बाङ केलाङ समाज र त्रिवेणी युथ क्लब, फाक्चुवा फासिङ्ला युवा क्लब र तुम्बेवा फुटबल क्लब तथा आयोजक टु स्टारले नुमाफुङ युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार पाउने क्लबका अध्यक्ष अर्जुन नेम्बाङले जानकारी दिए । उनका अनुसार उपविजेता बन्ने पुरुष टोलीले नगद ७० हजार र आकर्षक ट्रफी पाउने छ ।
फाइनल खेल मंसिर २ गते हुने क्लबका उपाध्यक्ष विजय नेम्बाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सत्यहाङमा मावि इनमको खेलमैदानमा सञ्चालन हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)