News
सुरुलाई गृहनगरको पथरी ११ फुटवल क्लवद्वारा सम्मान
पथरी । नेपाली महिला फुटबलकी राष्ट्रीय खेलाडी सरु लिम्बुलाई गृह नगरमा रहेको पथरी ११ फुटबल क्लबले सम्मान गरेको छ । पथरी ११ फुटबल क्लबले एक औपचारीक कार्यक्रमका विच लिम्बुलाई सम्मान गरेको छ । राष्ट्रीय खेलाडी लिम्बुलाई क्लबका अध्यक्ष सुमन बिक र सचिव केशर राईले नगद २५ हजार सहित सम्मान पत्र र दौसल्ला औढाएर सम्मान गर्नु भएको छ ।
सम्मान कार्यक्रममा भाबुक हुदै लिम्बुले नौ बर्षे फुटवल जिवनमा गृहनगरका दाजु भाइ र कल्वले दिएको हौसलाले आउने दिनमा नेपाललाई ट्रफि दिलाउ अझ बढि मेहेनत गर्ने बताईन । गएको साफ च्याम्पेन्सिपमा नेपाललाई ट्रफि दिलाउने अवसर पाए पनि सफल हुन नसक्दा दुखी भएको बताईन ।
महिला साफ च्याम्पेन्सिपमा नेपाललाई फाईनल पुर्याउन महत्वपूर्ण भुमीका खेलेकी मिडफिल्डर सरुको उच्च मुल्याङकन र कदर गर्दै पथरी ११ फुटवल क्लवले सम्मान गरेको छ । पथरीशनिश्चरे नगरकी स्थाई बासिन्दा लिम्बु नेपाली महिला टोलीकि मिडफिल्डर हुन । लिम्बु लामो समय घुडाको चोटका कारण मैदान बाहिर रहेकी थिन । साफ च्याम्पेन्सिपमा नेपाली टिममा कम्ब्याक भएकी लिम्बुले पथरी शनिश्चरे ७ मा रहेको न्यू स्टार फुटवल क्लवबाट फुटवल खेल्न सुरु गरेकी हुन ।
Post Comments
Related News
- हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय