News
तेह्रथुमको आठराई छातेढुंगामा कार्तीक २१ देखि २७ गते सम्म दिपावली मेला लाग्ने

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ५ छातेढुंगामा बि.स. २०३९ साल देखि लाग्दै आएको दीपावली मेला यो साल कार्तीक २१ गते देखि २७ गते सम्म लाग्ने भएको छ ।
मेलामा खुल्ला पुरुष फुटबल प्रतियोगिता,खुल्ला महिला फुटबल प्रतियोगिता, गाउँपालिका स्तरीय पुरूष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता,व्याडमिन्टन र चेस लगायत सॉस्कृतिक कार्यक्रम पनि सन्चालन हुने बताइएको छ ।
खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै खुल्ला महिला तर्फको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि तथा उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने मेला व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिनुभयो ।
सम्पुर्ण फुटबल खेलको प्रत्यक्ष प्रशारण GoalNepal.com बाट गरिनेछ ।
Post Comments
Related News
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न