काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलतर्फ यस वर्ष पनि लगातार गत संस्करणका दुई फाइनलिस्ट साविक विजेता बंगलादेश र आयोजक नेपाल भिड्ने पक्का भएको छ ।
आइतबार दशरथ रंगशालामा भएका दुई सेमिफाइनलतर्फ बंगलादेशले भुटानलाई र नेपालले भारतलाई हराएसँगै बंगलादेश र नेपालको फाइनल भिडन्त पक्का भएको हो ।
फाइनल खेल बुधबार हुँदैछ । यद्यपि फाइनल खेलका सबै टिकटहरु भने त्यसअघि ने बिक्री हुन सक्ने सम्भावना देखिएको छ । ऐतिहासिक फाइनल जित्ने र गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने अवसर नेपाललाई रहेकाले त्यो अवसरलाई प्रत्यक्ष नियाल्न घरेलु समर्थकहरु रंगशालामा ओइरिने निश्चित छ ।
दर्शकहरको सुविधाका लागि एन्फाले टिकट डिजिटल वालेट खल्ती एपमार्फत खरिद गर्न सकिने बताईसकेको छ । सहजताका लागि पनि दर्शकहरुले घरै बसी खल्ती एपबाट सोझै टिकट खरिद गर्न सक्नेछन् । फाइनल खेलको टिकट मुल्य सामान्यतर्फ ५०० र विशिष्ठतर्फ १००० तोकिएको छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”