पथरी । प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । पथरी शनिश्चरे वडा नं. १ को मुख्य सहयोग रहेको प्रतियोगिता कार्तिक ८ गते देखि कार्तिक १४ गते सम्म संचालन हुने भएको छ ।
पुराना फुटवल खेलाडीको स्वास्थलाई मध्यनजर गर्दै र चार्ड पर्वमा घर फर्किएका खेलाडी बिच मित्रता कायम राख्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको पथरीका पुर्व खेलाडी दिपक पुलामीले बताए ।
प्रतियोगितामा उर्लावारी भेट्रान्स क्लव मोरङ, दुधे भेट्रान्स क्लव झापा, साहारा भेट्रान्स क्लव मोरङ, विराट भेट्रान्स क्लव मोरङ, आयोजक पथरी शनिश्चरे भेट्रान्स क्लव मोरङ, मिल्स भेट्रान्स क्लव मोरङ, लखनपुर भेट्रान्स क्लव झपा र सतिसाले भेट्रान्स क्लव सहित ८ टिमको सहभागिता रहने छ ।
पथरी शनिश्चरे भेट्रान्स एफ सिको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले पच्पन्न हजार प्राप्त गर्ने छ ।प्रतियोगिता पथरी शनिश्चरे १ जाँते मोडमा रहेको दिपेन्द्र स्मृती खेल मैदानमा हुने छ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा