News दोभान कपः तिलोत्तमा, गुड मर्निङ र एल.सी.ए. को जित
सुरज राना मगर

दोभान । तिलोत्तमा एफसी, गुड मर्निङ एफसी र एल.सी.ए. एफसी यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दोभान खेलमैदानमा भएको पहिलो खेलमा तिलोत्तमाले युनाइटेड युथ एफसी (ए) लाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा तिलोत्तमाका गोलरक्षक बिरु बुढा मगर म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा गुड मर्निङले फोर एट जिआर एफसीलाई ४–२ को अन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनायो । खेलमा गुड मर्निङका रिम्बा सुनार म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो खेलमा एलसीएले गद्दा एफसीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा एलसीएका गोलरक्षक मोहन शाही म्यान अफ दि म्याच बने ।

दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १३ गतेका दिन हुनेछ ।

 

Post Comments