News साफ महिला च्याम्पियनसिपः भुटानसँग रोकियो नेपाल
गोलनेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपतर्फ दावेदार मध्ये एकका रुपमा हेरिएको आयोजक तथा गत संस्करणको उपविजेता नेपालले आफ्नो पहिलो खेल मै तुलनात्मक रुपमा कमजोर आँकिएको भुटानसँग बराबरीमा रोकिएको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको समूह बी तर्फको दोस्रो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यो बराबरी नतिजाले नेपाललाई सेमिफाइनल प्रवेश गर्न केही दबाब थपिएको छ ।

यसअघि शुक्रबार नै भएको समूह बी तर्फको अर्को खेलमा श्रीलंकाले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलका रुपमा भएको उक्त खेलमा श्रीलंकाले माल्दिभ्सलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै सोही दिन भुटानले श्रीलंकाको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments