News सुजन निर्णायक बन्दा राजाबास उपाधि नजिक
गोलनेपाल

प्रकाशपुर । झिनो अन्तरको जित निकाल्दै राजाबास युथ क्लब, राजाबास यहाँ जारी सातौं प्रकाशपुर ञ्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलतर्फ राजाबासले रामधुनी इक्राही फुटबल क्लब, रामधुनीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । राजाबासको जितमा सुजन मगरले एक मात्र निर्णायक गोल गरे ।

राजाबासका निर्णायक गोलकर्ता सुजन मगर नै खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत असोज २० गते आइतबारको दोस्रो सेमिफाइनल खेल चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र र आयोजक प्रकाशपुर फुटबल क्लब, प्रकाशपुर बीच हुने आयोजकले जानकारी दियो ।

प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।

Post Comments