News गेरबाबा र सुकेडाङ्गी सेमिफाइनलमा
गोलनेपाल

झापा । गेरबाबा फुटबल क्लब र सुकेडाङ्गी फुटबल क्लब यहाँ जारी राइजिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै खेलमा टाईब्रेकरबाट नतिजा निकाल्दै गेरबाबा र सुकेडाङ्गी अन्तिम चारमा प्रवेश गरेका हुन् ।

क्वाटरफाइनलतर्फ गेरबाबाले मुनल्याण्ड स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टु.गिएपछि टाईब्रेकरमा गेरबाबाले ५–४ को जित निकाल्दै अीन्तम चारमा स्थान पक्का गर्न सफल भएको हो ।

अर्को क्वाटरफाइनलमा सुकेडाङ्गीले त्रिवेणी फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । सो खेल पनि निर्धारित समयतर्फ १–१ को बराबरीमा सकिएको थियो । टाईब्रेकरमा भने सुकेढाङ्गीले ४–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।

राईजिङ एफसी, झापा गाउँपालिका–१, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments