पालुङटार । ‘युवाहरुको चाहना, सामाजिक विकासको भावना’ भन्ने नाराका साथ आउँदै गरेको बिजयादशमी, दिपावली र छठ पर्वको अवसर पारी नव जागृति एकता युवा क्लब, पालुङटार नगरपालिका–६, कमलटार गोरखाको आयोजनामा यहि आउँदो कार्तिक ३ गतेदेखि “तेस्रो कमलटार कप २०८१“ सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
पालुङटार नगरपालिका–६, कमलटार स्थित काप्रे बगैचाको खेलमैदानमा हुने प्रतियोगिताको कार्तिक २ गतेसम्म टिम दर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० र कार्डको डिपोजिट ७०० गरी ६७०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३७,७७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै बिधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही २–२ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष संजय रानाले बताए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष रानाले जानकारी दिए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन