News
मौसम प्रतिकुलता कारण सातौ बेलबारी आरजु राइस गोल्डकप स्थगित

असोज ११ गते देखि शुरू हुने भनिएको सातौ बेलबारी आरजु राइस अन्तराष्ट्रिय आमन्त्रण गोलडकप निरन्तरको बर्षाका कारण स्थगित गरिएको छ ।
आज बसेको आयोजक एलएक्स सिटि फुटबल क्लबका पदाधिकारी र एन्फाका प्रतिनिधि बिचको बैठकले तत्कालका लागि गोल्डकप स्थगीत गर्ने निष्कर्ष निकालेको हो ।
आयोजक समिति तथा एन्फा सँग छलफल गरि छिट्टै नै नयाँ खेल तालिका सार्वजनिक गर्ने एल एक्स सिटि फुटबल क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयो । नजिकिदै गरेको चाडलाई पनि मध्यनजर गरि सकभर सबैको अनुकुल समय मिलाएर निर्णय गर्ने बताइएको छ ।
Post Comments
Related News