News संकटा प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको फाइनलमा
गोपाल काफ्ले

पथरी । आयोजक पथरी ११ लाई टाईबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै संकटा फुटवल क्लव, काठमाडौं मोरङको पथरी शनिश्चरेमा जारि अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको फाईनल प्रबेश गरेको छ ।

निकै प्रतिकारात्मक पहिलो हाफको खेलमा संकटाले अग्रता लिएको थियो । खेलको १२ औ मिनेटमा संकटाका कृपा चौधरीले गोल गर्दै अग्रता लिएका थिए । दोस्रो हाफमा एक पक्षिय दवावमा राखेको पथरी ११ ले दोस्रो हाफको २६ औं मिनेटमा बिबेक पौडलले गोल गर्दै खेल बरावरीमा पुर्याए । आयोजक पथरी ११ ले दोस्रो हाफको खेलमा निकै राम्रा अवसरहरु पाए पनि स्कोर गर्न नसक्दा खेल हार्नु परेको छ । निर्धारीत समय १-१ गोलको बरावरी भएपछि खेल टाईबेकरमा धकेलिएको थियो ।

टाईबेकरमा आयोजक पथरी ११ का सनम धिमालले गोर गरे भने साईमन लिम्बु र धिरज क्षेत्रिको बल बाहिरिदा निरज परियारको प्राहार संकटाका गोल रक्षक निशान रानाले बचाएका थिए । संकटाका लागि पुस्कर खड्का, युवराज ढकाल र कृपा चौधरीले गोल गर्दा अनिस परियारको बल बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच संकटाका निशान राना घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली बिहिबार हुने दोस्रो सेमिफाईनल खेल ब्रिगेड ब्वाईज काठमाडौं र झापा ११ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब, भारतको युकेएफसी सहित ८ टोलीको सहभागिता रहेको छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

Post Comments