News बुटवल लुम्बिनी चितवन गोल्डकपको फाइनलमा
गोलनेपाल

चितवन । बुटवल लुम्बिनी एफसी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आज सम्पन्न पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २-० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो ।

बुटवलले खेलको ५३ औं मिनेटमा एमानुयल बोएटेङको आत्मघाति गोलमा अग्रता लिएको थियो । उनको ब्याक पासमा गोलकिपर प्रमिजय गच्छादार झुक्किदा बलले जाली चुम्यो । अरितिक्त समयको अन्तिम मिनेटमा आयुष घलानले गोल गरेपछि बुटवल २-० ले विजयी भयो ।

बुटवलका कप्तान एरिक बिष्ट म्यान अफ दि म्याच भए । बुटवलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि विभागीय टोलीहरु नेपाल पुलिस क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

Post Comments