काठमाडौ । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दावेदार एपिएफ फुटबल क्लबले जारी सिजन कै सबैभन्दा फराकिलो जित हात पारेको छ ।
आठौं चरणको खेलतर्फ एपिएफले सुदुरपश्चिम प्रदेशमाथी १९-० को फराकिलो जित दर्ता गर्यो । एपीएफका लागि रश्मि घिसिङ र अनिता केसीले ह्याट्रीक सहित समान ४-४ गोल गरे । प्रीती राईले तीन गोल गर्दै ह्याट्रीक पूरा गर्दा कुसुम खतिवडा र सबिता रानाले २-२ गोल गरे । त्यस्तै सरु लिम्बू र रेनुका हमालको नाममा १-१ गोल रह्यो । थप दुई गोल भने सुदुरपश्चिमले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
यो नतिजापछी आठ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । अंकविहीन सुदुरपश्चिम भने पुछार मै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछी कोशी प्रदेशको आठ खेलबाट ११ अंक छ भने चन्द्रपुरको खातामा ८ अंक छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश