News श्रीलंकामाथि नेपालको प्रभावशाली जित
गोलनेपाल

काठमाडौं । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमा पाकिस्तानसँग स्तब्धपुर्ण हार बेहोरेको नेपालले दोस्रो खेलमा सोमबार प्रभावशाली जित हात पारेको छ ।

चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० को एकतर्फी जित निकाल्यो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरे भने थप एक गोल विज्ञान खड्काले गरे ।

यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायम छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बलियो आँकिएको आयोजक भुटानसँग खेल्नेछ ।

Post Comments