
हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सहभागि टोली एफसी नामटारका आठ खेलाडीहरु र क्लबलाई आयोजकले कारवाहीसँगै जरिवाना गरेको छ ।
फुटबल संघले नामटारका आठ खेलाडीहरुलाई प्रतिवन्ध लगाउनुका साथै क्लबलाई नगद १० हजार जरिवाना गराएको छ । प्रतिवन्धमा पर्ने खेलाडीहरुमा समिर बर्तौला र सञ्जिव भोम्जनलाई ३–३ वर्षको प्रतिवन्ध लगाइएको छ । त्यस्तै बिशाल बाईबा र सुर्य थिङलाई २–२ वर्षको प्रतिवन्ध लगाइएको छ भने विकल मोक्तान, मञ्जिल मोक्तान, शंकर स्याङतन र अमिर मोक्तानलाई आगामी दुई खेलहरुमा प्रतिवन्ध लगाइएको छ ।
यस्तो छ कारण
मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीका अनुसार गत भदौ २८ गते गौरीटार रंगशालामा भएको एफसी नामटार र एफसी मल्टिभिजन बीचको खेल ६ मिनट बाँकी रहँखा नामटारका खेलाडीहरुलाई रेफ्री बिक्रम राई माथि हातपात र अभद्र व्यवहार गरेका थिए ।
सोही घट्नाको सत्य तथ्य छानबिन पश्चात खेलभावना विपरितको कार्य भएको भन्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले नामटारलाई र क्लबका खेलाडीहरुलाई कारवाही गरेको संघका महासचिव छवि सुवेदीले बताए ।
विस्तृत पत्र पढ्नुहोस् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा