News
झापाः सेतीपानीलाई यु-१४ फुटबलको उपाधि
शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित १४ वर्षमुनिका खेलाडीबीच भएको फुटबल प्रतियोगिताको उपाधि सेतीपानीले जितेको छ ।
अर्जुनधारा नगरपालिका १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलका लागि भएको उमेर विवादमा सहमति भएपछि आज खेल सञ्चालन भएको हो ।
खेलमा सेतीपानीले उपाधिको दाबेदार टोली गोलधापलाई २-१ गोलअन्तरले पराजित गरेको हो । सेतीपानीका विनय योङहाङले टोलीको जितमा दुवै गोल गरे भने गोलधापका उज्वल बानियाँले सान्त्वना गोल फर्काए ।
नगरका ८ वटा टोलीमध्ये सेतीपानीका सौरभ बानियाँ उत्कृष्ट खेलाडी बन्दा पार्शिक खतिवडा उत्कृष्ट गोलरक्षक र गोलधापका दिप्सन बस्नेत उत्कृष्ट रक्षक बने ।
विजेता सेतीपानीले उपाधिसहित नगद १५ हजार र उपविजेता गोलधापले नगद १० हजारसहित आकर्षक ट्रफी पायो ।
विजेता तथा उपविजेता टोलीलाई अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, युवा व्यवसायी सुमन नेम्बाङ, आयोजक समितिका अध्यक्ष सुजन थापामगर, युवा व्यवसायी मनोज गोम्देन, कर्मा तामाङलगायतले पुरस्कार प्रदान गरेका थिए ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक