News दोभान र खल्लुकधारा क्वाटरफाइनलमा
सुरज राना मगर

चपरहट्टी । दुई पाल्पाली टोली दोभान फुटबल क्लब र खल्लुकधारा फुटबल क्लब यहाँ जारी तेस्रो चपरहट्टी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको पहिलो खेलमा दोभानले केटुरुप फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यस्तै दोस्रो खेलमा खल्लुकधाराले फिट एण्ड फाइनल एफसीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।

Post Comments